Social media
Contact information
e-Zone International Pvt. Ltd.

Mahalaxmisthan, Lalitpur
GPO Box No. 1213,
Lalitpur, Nepal

Email

Phone

01-5453056, 01-5452804

क्लाउड बेस्ड सफ्टवेयरले आउदा दिनहरु सरल तथा सहज हुने छ | Blog

By Rambabu Thapa Posted on 23/Apr/2015 Category: Products
School Management Software Nepal


वितेका केहि बर्षमा क्लाउड कम्प्यूटिङ्ग ले डेस्कटप कम्प्यूटिङ्गलाई विस्थापित गर्दै गइरहेको छ । यस्तो अवस्थामा विद्यालयलाई क्लाउडमा लैजानु एउटा विद्यालयको लागि विशेष महत्वको निर्णय हुन जान्छ । त्यसैले एउटा परिष्कृत तथा शुलभ मुल्यमा उपलब्ध क्लाउडमा चल्ने विद्यालय व्यवस्थापन प्रणाली “इ–स्कुल” (e-School)  नेपालमा पनि उपलब्ध भएको छ ।

http://eschool.ezonecloud.com  मार्फत उपलब्ध सो सफ्टवेयर ISO 9001:2008 मान्यता प्राप्त इ जोन इन्टरनेशनल प्रा.लि. ले निर्माण गरि प्रयोगमा ल्याएको हो । विश्व विद्यालय अनुदान आयोगको EMIS सफ्टवेयर र त्रिभुवन विश्व विद्यालयको EMIS सफ्टवेयर समेत World Bank को निर्देशन तथा लगानीमा इ जोन इन्टरनेशनल तयार गरिसकेको यो सफ्टवेयर निकै राम्रो छ र सुरक्षा प्रणाली मजबुत हुनुका साथै नेपाल सरकारको आर्थिक, शैक्षिक तथा प्रशासनिक नीति निर्देशन समेत समेटेर तयार पारिएको छ ।

इन्टरनेट जोडिएको कम्प्युटर, ल्यापटप, ट्व्यालेट र मोवाइल मार्फत पनि चलाउन सकिने यो सफ्टवेयर विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय प्रशासनले आ आफ्नो रोल अनुसार लग इन (Login)  गर्न मिल्छ । विद्यालयका प्रध्यानाध्यापकले आफ्नो विद्यालयको परिक्षा, लेखा, हाजिरी, तलब तथा सम्पुर्ण दैनिक गतिविधिहरु जुनसुकै समयमा चुस्त दुरुस्त रहे नरहेको निरिक्षण गर्न सक्छन् । सम्पुर्ण मोडुलहरु एक आपसमा इन्ट्रिगे्रटेड, एक पल्ट मात्र डाटा इन्ट्रि गरे पुग्ने, वार्षिक रिपोर्टहरु, MIS रिपोर्टहरु तथा सम्पुर्ण प्रगति विवरणहरु एक क्लिकमा नै निकाल्न पनि सम्भव छ ।

इ स्कुल को मुल्य विद्यार्थीको संख्या, शिक्षकको संख्या तथा आवश्यक युजरको संख्याको आधारमा ३५० सम्म विद्यार्थीको लागि लाईट प्याकेज, ७०० सम्म विद्यार्थीको लागि स्ट्यान्डर्ड प्याकेज तथा १००० सम्म विद्यार्थीको लागि प्रोफेसनल प्याकेज तयार गरिएको छ । तर १००० भन्दा माथी विद्यार्थीको संख्याको हकमा भने मुल्य आपसी सहमतिमा तय गर्न सकिने छ । क्लाउडमा चल्ने सफ्टवेयर अन्य सफ्टवेयर भन्दा स्वत: बढि उपयोगी हुन्छ । इन्स्टलेसन को समस्या नहुनु डाटा केन्द्रिकृत हुन सजिलै एक्सेस हुन, २४ घण्टा सेवा पाउनु, मोवाइलमा पनि चल्नु, सबै डाटा अपडेट हुनु आदि कारणले  क्लाउड बेस्ड सफ्टवेयरले आउदा दिनहरु सरल तथा सहज हुने छ ।  

डेमो हेर्नुहोस् : http://eschool.ezonecloud.com
मूल्य हेर्नुहोस्: http://eschool.ezone.com.np/packages.php


Comments

  • Gravatar

    Raj
    May 21, 2015

    Nice School Management Software

Posting comments after three months has been disabled.