Social media
Contact information
e-Zone International Pvt. Ltd.

Mahalaxmisthan, Lalitpur
GPO Box No. 1213,
Lalitpur, Nepal

Email

Phone

01-5453056, 01-5452804

News

इ-स्कुलको क्लाउड अब सुर्खेतमा पनि

जेठ ११ २०७२,
नेपालकै एकमात्र क्लाउडमा आधारित स्कुल व्यवस्थापन सफ्टवेयर (school management software) इ –स्कुल (e-School) को संचालन अब सुर्खेतमा पनि सुरुवात भएको छ।  यहि जेष्ठ ५ गते सुर्खेतकै पुरानो, अत्यन्त लोकप्रिय र नेपाल सरकारको शिक्षा मन्त्रालय मातहतअन्तर्गत शिक्षा विभागबाट देशकै सर्बोत्कृष्ट विद्यालयको सूचीमा परेको सामुदायिक विद्यालय अमर ज्योति नमुना उच्च माध्यमिक विद्यालयमा इ-स्कुलको संचालन(Implementation) सम्पन्न भएको हो ।
 
इन्टरनेट जोडिएको कम्प्युटर, ल्यापटप, ट्व्यालेट र मोवाइल मार्फत पनि चलाउन सकिने यो सफ्टवेयर विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय प्रशासनले आ आफ्नो रोल अनुसार लग इन (Login)  गर्न मिल्छ । विद्यालयका प्रध्यानाध्यापकले आफ्नो विद्यालयको परिक्षा, लेखा, हाजिरी, तलब तथा सम्पुर्ण दैनिक गतिविधिहरु जुनसुकै समयमा चुस्त दुरुस्त रहे नरहेको निरिक्षण गर्न सक्छन् । सम्पुर्ण मोडुलहरु एक आपसमा इन्ट्रिगे्रटेड, एक पल्ट मात्र डाटा इन्ट्रि गरे पुग्ने, वार्षिक रिपोर्टहरु, MIS रिपोर्टहरु तथा सम्पुर्ण प्रगति विवरणहरु एक क्लिकमा नै निकाल्न पनि सम्भव छ ।

सेवा प्रदायक इ-जोन इन्टरनेसनल र सेवाग्राही अमर ज्योति नमुना उच्च माध्यमिक विद्यालय बीच यहि जेष्ठ १ गते भएको सम्झौताको आधारमा काठमाडौँबाट गएको इन्जिनियर गोविन्द पाण्डे र विज्ञ केशव गौतमको टोलीले सफ्टवेयरको सफलतापूर्वक संचालन (Implementation) र तालिम सम्पन्न गरेको हो । नेपालको सामुदायिक विद्यालयहरुमा यस किसिमको(online school management software) सम्पूर्ण बिधार्थी, शिक्षक तथा अभिभावकहरुले आफुलाई प्रदान गरिएको username तथा password प्रयोग गरी चलाउन मिल्ने  सफ्टवेयर संचालनमा ल्याउने अमर ज्योति नमुना उच्च माध्यमिक विद्यालयमा सम्भवतः पहिलो विद्यालय हो ।

सफ्टवेयर संचालनलगत्तै विद्यालयले सम्पूर्ण विधार्थी, शिक्षक तथा अभिभावकहरुलाई समेत आमन्त्रित गरी यस सफ्टवेयरबाट बिधार्थीको प्रगति विवरण तथा शैक्षिक विवरणहरुको आदानप्रदान कसरी गर्न सकिन्छ भनेर तालिम दिई   यसले शिक्षाको गुणस्तरमा कसरी  वृद्धि ल्याउन सक्छ  भन्ने कुराको जानकारी दिने कार्यक्रम रहेको छ ।

amarjyoti higher secondary school