अब नेपालभरिका सरकारी बिद्यालयहरुले School Management Software नि:शुल्क चलाउन पाउनेछन्। नेपालकै अग्रणी सफ्टवेयर निर्माण कम्पनी इ-जोन इन्टरनेशनलले देशको शिक्षाको विकासलाई मध्यनजर गर्दै यस्तो योजना ल्याएको हो।
इन्टरनेट जोडिएको कम्प्युटर, ल्यापटप, ट्व्यालेट र मोवाइल मार्फत पनि चलाउन सकिने यो सफ्टवेयर विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय प्रशासनले आ आफ्नो रोल अनुसार लग इन (Login) गर्न मिल्छ । विद्यालयका प्रध्यानाध्यापकले आफ्नो विद्यालयको परिक्षा, लेखा, हाजिरी, तलब तथा सम्पुर्ण दैनिक गतिविधिहरु जुनसुकै समयमा चुस्त दुरुस्त रहे नरहेको निरिक्षण गर्न सक्छन् । सम्पुर्ण मोडुलहरु एक आपसमा इन्ट्रिगे्रटेड, एक पल्ट मात्र डाटा इन्ट्रि गरे पुग्ने, वार्षिक रिपोर्टहरु, MIS रिपोर्टहरु तथा सम्पुर्ण प्रगति विवरणहरु एक क्लिकमा नै निकाल्न पनि सम्भव छ ।
क्लाउडमा चल्ने सफ्टवेयर अन्य सफ्टवेयर भन्दा स्वत: बढि उपयोगी हुन्छ । इन्स्टलेसन को समस्या नहुनु डाटा केन्द्रिकृत हुन सजिलै एक्सेस हुन, २४ घण्टा सेवा पाउनु, मोवाइलमा पनि चल्नु, सबै डाटा अपडेट हुनु आदि कारणले क्लाउड बेस्ड सफ्टवेयरले आउदा दिनहरु सरल तथा सहज हुने छ ।
इ-जोन इन्टरनेशनलले यस अघिनै HSEB सानोठिमीको परिक्षा प्रणाली, TU Exam Office बल्खुको परिक्षा प्रणाली, तथा IOE पुल्चोकको Entrance Exam समेत निर्माण गरी सफलतापुर्वक संचालनमा ल्याइसकेको छ। e-School संचालन गर्न कुनै पनि सरकारी बिद्यालयले बिद्यालय दर्ताको प्रमाण-पत्र र बिद्यालयको आधिकारिक अनुरोध पत्र अनलाइन मार्फत पेश गरेर e-School प्राप्त गर्न सक्छन् ।